सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

शंकर पोखरेलले देखाए घिनलाग्दो हर्कत, चुनाव प्रचार गर्न लिए कांग्रेसको सहारा !

शंकर पोखरेलले देखाए घिनलाग्दो हर्कत, चुनाव प्रचार गर्न लिए कांग्रेसको सहारा !

  • मिडिया डबली
  • सोमवार, आश्विन ३१ २०७९

  • 4.2K
    SHARES

  • शंकर पोखरेलले देखाए घिनलाग्दो हर्कत, चुनाव प्रचार गर्न लिए कांग्रेसको सहारा !

    काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको रन्कोले तात्तिएका उम्मेदवारका सामाजिक सञ्जाल प्रचार सामग्रीले भरिएका छन् । आफ्नो पक्षमा मत तान्न उनीहरुले सकेसम्म आकर्षक नारा दिने र नयाँ नयाँ नारा खोजेर प्रचार गरिरहेका छन् ।

    २८ असोजमा एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमा एउटा प्रचार सामग्री पोस्ट गरे । जसमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’

    चुनावी नारासंगै विकास र समृद्धि झल्काउने तस्वीरमा पोखरेलको तस्वीर पनि टाँसिएको छ । तर यो तस्वीर ०७४ को नेपाली कांग्रेसको चुनावी घोषणपत्रको आवरण पृष्ठबाट लिइएको हो ।

    पोखरेलका स्वकीय सचिव सरोज रेग्मीका अनुसार चुनाव प्रचार प्रसारका लागि टिम बनेको छ र त्यही टिमले पोखरेलको प्रचार सामग्री बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काम गर्छ ।

    ‘एउटा टिम छ हाम्रो, त्यसैले प्रचार समाग्री बनाइरहेको छ । हाम्रो प्रचार सामग्री कांग्रेसको घोषणापत्रको फोटोसंग मिलेको संयोग हुन सक्छ । टिमलाई थाहा नभएर कांग्रेसको जस्तै भएको हुनसक्छ’ उनले भने । दाङ–२ बाट उम्मेदवार बनेका पोखरेलसँग माओवादी केन्द्रकी रेखा शर्मा प्रतिस्पर्धामा छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend