काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो संसदकालमा प्रधानमन्त्री बनौंला भनेर सोचेकै थिएनन् । वाम गठबन्धनभित्र धाँजा फाटेसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट दुईपटक प्रतिनिधिसभा विघटन भयो ।
सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर्याएसँगै डडेलधुराका सांसद देउवाका लागि बालुवाटारको ढोका उनकै पत्नी आरजुको भाषामा ‘खुलजा सिमसिम’ भइदियो ।
जुन कदमले देउवालाई प्रधानमन्त्री बन्ने ढोका खोलिदियो, त्यही कदमलाई देखाएर घोषणापत्र लेख्दैछ कांग्रेसले । अर्थात् विशाल बहुमत भएर पनि व्यवस्थापन गर्न चुकेका ओलीको असंवैधानिक कदमलाई औंल्याउँदै कांग्रेसले भनेको छ, ‘कुनै पनि निहुँमा संसद विघटन नगर्ने ।’
भन्नै परेन, यो पंक्ति प्रमुख प्रतिद्वन्द्वी एमाले र यसका अध्यक्ष केपी ओलीविरुद्ध लक्षित छ ।
उसो त बीचका यी डेढ वर्षमा कांग्रेस नेतृत्वको सरकारले सम्झनुपर्ने गरी विशिष्ट काम केही गरेको छैन । तर संविधानको संरक्षण गर्ने कामको नेतृत्व आफ्नो हातमा आएको भन्दै कांग्रेसले आगामी चुनावमा मत माग्ने विशेषता यसैलाई मानेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।