आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बुढीगण्डकी आयोजनाको नौ अर्ब काण्डले प्रचण्ड र बाबुरामबीचमा दरार

बुढीगण्डकी आयोजनाको नौ अर्ब काण्डले प्रचण्ड र बाबुरामबीचमा दरार

  • मिडिया डबली
  • आइतवार, आश्विन ३० २०७९

  • 4.0K
    SHARES

  • बुढीगण्डकी आयोजनाको नौ अर्ब काण्डले प्रचण्ड र बाबुरामबीचमा दरार

    काठमाडौं - नेपालीमा एउटा उखान प्रख्यात छ, ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु ।’

    हाम्रा पुर्खाले त्यतिकै यो उखान बनाएका होइनन् । बोल्न पाएँ भन्दैमा प्याच्च बोल्दा त्यसले भविष्यमा ठूलो असर गर्छ । विभिन्न उदाहरण नै काफी छ । भनिन्छ, बन्दुकको नालबाट निस्केको गोली जस्तै हो मान्छेको मुखबाट निस्केको बोली ।

    त्यसैले भन्ने गरिन्छ आवेश र क्रोधका बेला धेरै बोल्नु हुँदैन भन्ने । यस्तै बोलीका कारण अहिले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आपतमा परेका छन् । अर्थमन्त्री र प्रधानमन्त्रीसमेत भइसकेका भट्टराई आवेशमा बोल्ने र फुर्सदमा पछुताउने नेताका रूपमा परिचित छन् ।

    त्यही छुच्चो बोलीका कारण अथाह ज्ञान हुँदाहुँदै पनि बाबुराम आलोचित भइरहन्छन् । एउटा पुस्ता उनीप्रति सकारात्मक देखिँदैन । अहिले बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा बाबुरामले बोलेका अभिव्यक्ति र लेखेका स्टाटस उनकै लागि गलपासो बनेको छ ।

    देशमा निर्वाचनको माहोल छ । भलै बाबुराम प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छैनन् । तर उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् । भाइबुहारी दुर्गादेवी भट्टराईलाई प्रतिनिधिसभा सदस्यको समानुपातिक बन्दसूचीमा राखेका छन् ।

    बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत हुन् । तर उनले चुनावमा आफ्नो पार्टीको चुनाव चिन्ह नलिई माओवादीको हँसिया हथौडा लिएर छोरी र आफ्नो पार्टीको उम्मेदवारलाई मैदानमा खटाएका छन् । गोरखा २ मा उनी आफैं नउठेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएका छन् ।

    अहिले प्रचण्डका लागि उनी गोरखा पुगेरै भोट पनि मागिरहेका छन् । तर यतिबेला सामाजिक सञ्जालमा बुढीगण्डकी आयोजनामा प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली मिलेर नौ अर्ब कमिसन खाएको भिडियो भाइरल बनेको छ ।

    आफूले बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी रक्षात्मक बनेका छन् । यही भिडियोकै कारण प्रचण्डको चुनावी प्रचारप्रसारमा असर पुगेपछि बाबुरामले आफूले बुढीगण्डकी आयोजनामा दिएको अभिव्यक्तिमा समाचार अपुष्ट भएको भन्दै करेक्सन गरेका छन् । त्यसैले अहिले बाबुरामलाई पिँध नभएको लोटा भनेर पनि भन्ने गरिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend