सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चितवनमा माओवादी पत्तासाफ गर्न मैदान उत्रिएका कोइरालाले भावुक हुँदै के भने? 

चितवनमा माओवादी पत्तासाफ गर्न मैदान उत्रिएका कोइरालाले भावुक हुँदै के भने? 

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २८ २०७९

  • 9.8K
    SHARES

  • चितवनमा माओवादी पत्तासाफ गर्न मैदान उत्रिएका कोइरालाले भावुक हुँदै के भने? 

    चितवन– चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताएका छन् । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३० वर्षे राजनीतिक यात्रालाई दाउमा राखेर विकृत प्रथाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

    गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध बागी उम्मेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । बोल्न सुरु गरेपछि भावुक बनेका उनले आफ्नो उम्मेदवारी बागी र विद्रोही भन्दा धेरैमाथि भएको बताएका छन् ।

    गठबन्धन देश विकासको निम्ति नभई सीमित परिवारका लागि मात्रै भएकोले आफू त्यो बाटोमा जान नसकेको उनले बताए । ‘४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइन, जति अहिले रुँदै छु’, उनले भने, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भएको छु ।’

    एक सांसदको लागी मात्र उम्मेदवारी नदिएको भन्दै उनले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताए । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् ।

    अहिलेको परिवेशमा कांग्रेस र एमाले देशको वर्तमान र भविष्य भएको उनले दाबी गरे । यी दुई पार्टीलाई सही बाटोमा नहिँडाई देश ठिक बाटोमा हिँड्न नसक्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधार्नुपर्ने बताए ।

    ‘सीमित परिवारका लागि मात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उनले भने । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उनको दाबी छ । ‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरूले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अब सांसदलाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, उनले भने, ‘यसको अगुवाइ चितवन क्षेत्र नम्बर ३ का जनताले गर्नेछन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend