काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।
सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो । पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए ।
‘सरकारी निवासमा गठबन्धनको बैठक बस्दा राज्यको खर्च भएको । बाहिर आलोचना भएको छ’, थापाले राखेको प्रस्ताव बारे सहभागी एक नेताले भने, ‘उहाँले प्रस्ताव राखेपछि प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ ।’
ती बैठकहरुका भएको खर्चको बिल केन्द्रीय कार्यालयमा पेश गरी रकम चुक्ता गरिने भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमोर्चाका नेता सम्मिलित कार्यदलको बैठक विगत दुई महिनादेखि बालुवाटार बस्दै आएको थियो । तालमेलका लागि भागवण्डामा कार्यदलमा सहमति हुन नसकेका क्षेत्र शीर्ष तहका नेताका बैठकले टुंगाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।