सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मुख्यमन्त्रीसँग भिडेका उत्तमको सम्भावना बलियो बन्दै, कांग्रेसका पालिका सभापतिले गरे यस्तो निर्णय

मुख्यमन्त्रीसँग भिडेका उत्तमको सम्भावना बलियो बन्दै, कांग्रेसका पालिका सभापतिले गरे यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २८ २०७९

  • 2.3K
    SHARES

  • मुख्यमन्त्रीसँग भिडेका उत्तमको सम्भावना बलियो बन्दै, कांग्रेसका पालिका सभापतिले गरे यस्तो निर्णय

    भोजपुर– भोजपुरको प्रदेशसभा ‘क’मा तीन हेभिवेट उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई, नेकपा एमालेका केन्द्रीय सदस्य हरिकुमार राई र गठबन्धनबाट विद्रोह गरेर उम्मेदवारी दिएका उत्तमकुमार चापागाईँ चुनावी मैदानमा छन्। नेकपा एसका केन्द्रीय सचिव समेत रहेका मुख्यमन्त्री राई सत्ता गठबन्धनको सहयोगमा उम्मेदवार बनेका हुन्। स्थानीय तहको निर्वाचनमा पुरै जिल्लाभारीमा करिब २ हजार मत ल्याएको नेकपा एसलाई प्रदेशसभा छाड्न नसकिने निष्कर्ष सहित नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईँले उम्मेदवारी दर्ता गराएका छन्।  

    ०७४ सालको निर्वाचनमा समेत प्रदेशसभा ‘क’मा कांग्रेसले उम्मेदवारी दिएको थिएन। त्यो बेलाको संघिय समाजवादी फोरमसँगको तालमेलका कारण प्रदेशसभा ‘क’ कांग्रेसले छाडेको थियो। अहिले नेकपा माओवादी केन्द्रमा क्रियाशिल अजम्बर काङमाङ उम्मेदवार थिए। यसपटक त प्रदेशसभा ‘क’का कांग्रेस मतदाताले प्रत्यक्ष तर्फ रुख चिन्हमा भोट हाल्न नपाउने अवस्था बनेको छ। प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा पर्दा प्रदेशसभा नेकपा एसले पाएको छ। जसका कारण कांग्रेस भित्र तिव्र असन्तुष्टि छ।

    त्यसो त मुख्यमन्त्री राईले गत स्थानीय तहको निर्वाचनमा गृहनगर षडानन्द नगरपालिकामा गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको आरोप पनि छ। षडानन्द नगरपालिकामा कांग्रेसका उम्मेदवार वीरबल राईलाई हराउन मुख्यमन्त्रीले भूमिका खेलेको आरोप कांग्रेस कार्यकर्ताले लगाउने गरेका छन्। 

    ‘अघिल्लो पटक प्रदेशमा मसालमा भोट हाल्यौं। यसपटक कलममा हाल्न पर्ने स्थिती आयो। प्रतिनिधिसभामा रुख भएपनि चित्त बुझाउन सकिन्थ्यो। चुनाव चिन्है नहुने अवस्था र कमजोर जनधार भएको पार्टीलाई भोट हाल्ने कुरा न्यायोचित लागेन,’ चापागाईँले भने, ‘त्यसकारण मैले उम्मेदवारी दिएको हुँ। धारा चिन्ह पाएको छु। मतदाताले मलाई जिताउनुहुनेछ। रुखमा भोट हाल्न नपाएका कांग्रेस मतादताले मलाई रोज्नु हुनेछ। किनकी मै पार्टीमा लामो समय दुःख गरेको छु।’ 

    पहिलो पटक निर्वाचनको मैदानमा ओर्लिएका चापागाईँको पक्षमा माहौल बन्दै गएको कांग्रेस कार्यकर्ताहरुको दाबी छ। कांग्रेसका जिम्मेवार पदमा रहेका नेता–कार्यकर्ता पनि चापागाईँको पक्षमा खुल्दै गएका छन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलका पदाधिकारी चापागाईँको अभियानमा प्रत्यक्ष/परोक्षरुपमा खटिएका छन्।  

    यसैबीच पौवादुङम्मा गाउँपालिकाका कांग्रेस सभापति मनोज कार्कीले निर्वाचन अवधिभरका लागि आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। पौवादुङ्मा गाउँपालिका भूभाग प्रदेशसभा ‘क’ र ‘ख’ दुवैमा पर्छ। प्रदेशसभा ‘ख’मा कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा उम्मेदवार छन्। ‘एकातिर विनोद दाइ र प्रतिनिधिसभामा सदुन किरातीलाई जिताउन खटिन पर्ने भो। अर्को तर्फ उत्तम दाइलाई पनि जिताउने अभियानमा लाग्नुपर्ने भो। यो विलखबन्दको अवस्थाबाट मुक्त हुन म जिम्मेवारीबाट अलग भएको हुँ,’ उनले भने, ‘म प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारप्रति इमान्दार छु नै। तर प्रदेशसभा ‘ख’मा गठबन्धनका उम्मेदवारप्रति इमान्दार हुनेछु र प्रदेशसभा ‘क’मा उत्तम दाइलाई जिताउने अभियानमा लाग्नेछु।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend