सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसको घोषणापत्र पारित, यस्ता छन् जनताका मन छुने योजना 

कांग्रेसको घोषणापत्र पारित, यस्ता छन् जनताका मन छुने योजना 

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २८ २०७९

  • 4.3K
    SHARES

  • कांग्रेसको घोषणापत्र पारित, यस्ता छन् जनताका मन छुने योजना 

    काठमाडौं– नेपाली कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन समितिबाट पारित भएको छ । पटक–पटक संसद् विघटन र संसदीय व्यवस्था नै मास्ने गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका गतिविधिलाई मुख्य चुनावी मुद्दा बनाएको सहमहामन्त्री जीवन परियारले बताए ।

    अर्थविद् स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको पनि सहमहामन्त्री परियारले बताए ।

    कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । समितिमा कवि श्रवण मुकारुङदेखि क्रिकेटर विनोद दाससम्म समेटिएका छन् ।

    समितिमा चलचित्र निर्देशक मीन भाम, कृषि विज्ञ सन्जय महतो, समाजशास्त्री दिपेश घिमिरे, मधेसी महिलाको प्रतिनिधित्व गर्दै प्रिति मण्डल, कर्णालीको प्रतिनिधित्व गर्दै रंगमति शाही, फस्ट टाइम भोटरको प्रतिनिधित्व गर्दै विकल राई, सामाजिक रुपान्तरणको मुद्दाको प्रतिनिधित्व गर्दै अनुसन्धानकर्ता प्रकाश लामिछानेसमेत सदस्य छन् ।

    प्रारम्भिक मस्यौदा तयारीका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले नेतृत्वको ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । समितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्ष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend