काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको सहभागी हुनेछन् ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्न तथा चुनावी घोषणापत्रका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।