सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले बागी उम्मेदवारलाई दियो पाँच दिनको समय, निष्क्रिय बसे कारबाही नहुने

कांग्रेसले बागी उम्मेदवारलाई दियो पाँच दिनको समय, निष्क्रिय बसे कारबाही नहुने

  • मिडिया डबली
  • बिहिवार, आश्विन २७ २०७९

  • 3.2K
    SHARES

  • कांग्रेसले बागी उम्मेदवारलाई दियो पाँच दिनको समय, निष्क्रिय बसे कारबाही नहुने

    काठमाडौं - नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ ।

    निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन् ।

    कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । तर, कांग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन् ।

    त्यसका लागि कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend