काठमाडौं– बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम नै कायम भएका छन् । गठबन्धनबाट कांग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर र निवर्तमान सांसद सञ्जय गौतमको दोहोरो उम्मेदवारी परेको थियो ।
राठौर संस्थापन पक्षका हुन् भने गौतम शेखर गगन पक्षका हुन् । उनी २०७४ सालमा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित भएर चर्चामा आएका थिए ।
गौतमको उम्मेदवारी नै आधिकारिक रहेको पत्र केन्द्रीय कार्यालयमा जिल्ला निर्वाचन कार्यालयमा पुगेको सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए । राठौरको उम्मेदवारी खारेज भएको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।