सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बागी उम्मेदवारी दिनेहरुको कांग्रेसले पाता कस्ने, दियो यस्तो निर्देशन 

बागी उम्मेदवारी दिनेहरुको कांग्रेसले पाता कस्ने, दियो यस्तो निर्देशन 

  • मिडिया डबली
  • मंगलवार, आश्विन २५ २०७९

  • 2.3K
    SHARES

  • बागी उम्मेदवारी दिनेहरुको कांग्रेसले पाता कस्ने, दियो यस्तो निर्देशन 
    फाइल तस्वीर

    काठमाडौं- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पार्टीका सदस्यहरुलाई फिर्ता लिन निर्देशन दिएको छ। 

    नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सहमती भइ बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमती भई बनेका गठबन्धन दलका आधिकारीक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे–गराएको भए उक्त उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको जनाइएको छ। 

    विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे–गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजे देखि दिउसो १ बजे सम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्नहुन निर्णयानुसार निर्देशन गरिन्छ।’

    तोकिएको समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुनेसमेत जनाइएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend