काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले प्युठानबाट टिकट नपाउने निश्चित थियो। अघिल्लो निर्वाचनमा प्यूठानबाट चुनाव लडेका पाखरेलले यसपटक भने गठबन्धनको सिटबाँटफाँटमा जनमोर्चाको भागमा प्यूठान परेपछि टिकट नपाउने निश्चित बनेको थियो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ समेत भइरहेका पोखरेललाई कांग्रेसले टिकट नै दिएन । कांग्रेसले टिकट नदिएको पोखरेलले अन्तिम समयमा स्वतन्त्रमा उम्मेदवारी दिए एमालेले विना शर्त सहयोग गर्ने आश्वासन दिएको थियो ।
एमालेले पोखरेललाई दाङ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिए त्यहाँ आफ्नो उम्मेदवार नउठाउने भन्दै अन्तिम समयसम्म कुरेको थियो । यस्तै स्वर्णिम वाग्लेलाई काठमाडौँ ७, ९ वा अन्य कुनै एक क्षेत्र रोजेर स्वतन्त्र उम्मेदवारी दिए विना शर्त सहयोग गर्ने र त्यहाँ एमालेको उम्मेदवार नउठाउने प्रस्ताव गरेको थियो ।
डा. मिनेन्द्र रिजाल र स्वर्णिम वाग्लेलाई पनि उस्तै अफर थियो। जुन कुरा एमाले महासचिव शंखर पोखरेलले विभिन्न संचार माध्यमसँग भनिसकेका छन्। तर, पोखरेल सहितका नेताहरुले एमालेको प्रस्तावलाई अस्विकार गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।