काठमाडौं– ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वअर्थ राज्यमन्त्री समेत रहेका राणाले ललितपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै प्रदेशसभा (क) मा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट हरि दाहालले उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हुन् । प्रदेश सभा सदस्य (ख) बाट नेता मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष महर्जन २०७४ सालको निर्वाचनमा पनि कांग्रेसबाट प्रदेश सभा उम्मेदवार थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।