सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

जसपाबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार कांग्रेस प्रवेश, जसपा–एमालेमा खैलाबैला !

जसपाबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार कांग्रेस प्रवेश, जसपा–एमालेमा खैलाबैला !

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 7.9K
    SHARES

  • जसपाबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार कांग्रेस प्रवेश, जसपा–एमालेमा खैलाबैला !

    काठमाडौं– कपिलवस्तुमा जनता समाजवादी पार्टीका उम्मेदवार नै कांग्रेस प्रवेश गरेका छन्। जसपाबाट उम्मेदवारी दिन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेका हुन्। उम्मेदवार कांग्रेस प्रवेश गरेपछि एमाले–जसपामा खैलाबैला भएको छ। 

    नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गर्न दलबलसहित हिँडेका सहसराम यादव बाटैबाट कांग्रेस पसेर उम्मेदवार बनेपछि जसपाले उक्त क्षेत्रमा उम्मेदवारी नै दिन पाएन।

    केन्द्र स्तरमा दुई पार्टीबीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए। सोही अनुसार आइतबार बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए।

    एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको छ।

    दिउँसो १२ बजेसम्म एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे।

    यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार यस क्षेत्रमा आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ।

    जसपा उम्मेदवार यादव कांग्रेसको उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। 

    प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ। उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend