सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

इलाममा कांग्रेसका डम्बर खड्का उम्मेदवार बन्दा नेम्वाङलाई आपत, कांग्रेसजनमा उत्साह 

इलाममा कांग्रेसका डम्बर खड्का उम्मेदवार बन्दा नेम्वाङलाई आपत, कांग्रेसजनमा उत्साह 

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 9.5K
    SHARES

  • इलाममा कांग्रेसका डम्बर खड्का उम्मेदवार बन्दा नेम्वाङलाई आपत, कांग्रेसजनमा उत्साह 

    इलाम– इलाम–२ प्रतिनिधि सभामा नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएपछि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङलाई तनाव थपिएको छ। खड्का र नेम्वाङले आइतबार निर्वाचन कार्यालय इलाममा मनोनयन दर्ता गरेका छन्। खड्का इलामका लोकप्रिय मानिन्छन्।

    नेपाली कांग्रेस इलामका सभापति समेत रहेका खड्काले यसपटक नेम्वाङको जितको शृंखलामा ब्रेक लगाउने अपेक्षा गरिएको छ। समाजसेवी नेताको छवि बनाएका खड्काको कांग्रेस भित्र मात्रै होइन अन्य दलमा पनि उत्तिकै लोकप्रिय छवि छ। जसका कारण यसपटक इलाममा नेम्वाङलाई अप्ठ्यारो पर्ने विश्लेषण भइरहेको छ।

    ‘उहाँ अर्काको दुःख देख्न नसक्ने नेता हो। समस्या पर्दा उहाँले पार्टी हेर्नुहुन्न। त्यसकारण यसपटक उहाँले जित्नु हुन्छ, जिताउनुपर्छ,’ इलाम–२ का एक मतदाता भन्छन्। खड्काले लकडाउनको बेला करोडौंको समान बाँडेका थिए। यस्तै लकठाउनमा काठमाडौंमा समस्या परेका इलामेलीलाई बस रिजर्भ गरेर उनले इलाम लगेका थिए।

    मठमन्दीर निर्माण देखि गरिब दुःखीलाई खाद्यन्न लत्ता कपडा वितरणमा खड्का सँधै अघि छन्। खड्का समग्र इलामको विकासका लागि सँधै खटिने नेतामा पर्छन्। कांग्रेसको बलियो संगठन र त्यसमा गठबन्धन दलको थपिने भोटले इलाममा एमालेको वर्चश्व तोडिने निश्चित देखिन्छ।   

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend