काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको प्रदेश सभा तर्फको टिकट खोसिएको छ । दोलखा ख बाट उम्मेदवार हुने भनि निश्चित गरिएका सिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाइएको छ ।
दोलखामा प्रतिनिधि सभाको उम्मेदवार माओवादी केन्द्रलाई छुट्याइएको थियो । जस अनुसार प्रतिनिधि सभामा माओवादीले गंगा कार्कीलाई उम्मेदवार बनाएको छ ।
प्रदेश सभातर्फ दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ । प्रदेश तर्फ क मा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।