सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कपिलवस्तुमा माओवादीलाई आपत, कांग्रेसले पावर देखाउने 

कपिलवस्तुमा माओवादीलाई आपत, कांग्रेसले पावर देखाउने 

  • मिडिया डबली
  • मंगलवार, आश्विन १८ २०७९

  • 2.0K
    SHARES

  • कपिलवस्तुमा माओवादीलाई आपत, कांग्रेसले पावर देखाउने 
    फाइल तस्बिर

    कपिलवस्तु– नेकपा माओवादीका सचिव तथा पूर्व मन्त्री चन्द्रप्रकाश खनाल बलदेवले यसअघि जितेको निर्वाचन क्षेत्र तथा गठबन्धन दलले समेत सहमति जनाइसकेको कपिलवस्तुको क्षेत्र नं १ पुनः माओवादीलाई छोड्न नेपाली कांग्रेसले असहमति जनाएको छ ।

    मङ्गलवार नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं १ ले आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने माग गरेर यस्तो असहमति पुनः बाहिर ल्याएको हो ।

    लुम्बिनी प्रदेशका २६ संघीयमध्ये ७ सीट माओवादीलाई दिने गठबन्धन दलमा भएको सहमति विपरीत कांग्रेसले गरेको यो कार्यक्रमका विषयमा भने त्यहाँको माओवादी पार्टीले गैर राजनीतिक चरित्र भनेको छ ।

    माओवादीले टिकट पाउने पक्कापक्की भएको बेला कांग्रेस क्षेत्रीय समितिले गरेको विरोधलाई माओवादीले आपत्ति जनाएको हो ।

    गत स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो शक्ति रहेको दाबी गर्दै अन्यत्र पार्टीलाई टिकट दिए यहाँ जित्ने आधार गुम्न सक्ने चेतावनी कांग्रेसको छ।

    यसअघि एमालेसँगको गठबन्धनमा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई नेता खनालले पराजित गरेका थिए । अहिले उनै उपाध्यायको टिकट खोसेर गठबन्धनबाट खनालले पाएपछि कांग्रेस र माओवादीबीच दुरी बढेको हो ।

    काँग्रेसको प्रतिनिधिसभा १ को प्रदेशसभा १ का सभापति दुर्गा केसीले कांग्रेसको २८ हजार मत दिएर ९ हजार मत भएको माओवादीलाई जिताउन गाह्रो पर्ने तर्क गरेका छन् ।

    तौलिहवामा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी केसीले भने– ’केन्द्रीय नीतिअनुसार गठबन्धनको विकल्प छैन, तर कपिलवस्तु १ को हकमा केन्द्रीय नेतृत्व गम्भीर बन्नै पर्छ । माओवादीलाई टिकट दिए जिताउन गाह्रो पर्छ ।’

    प्रतिनिधिसभा १ का कांग्रेस सभापति मन्नान खाँले कांग्रेसले टिकट पाउनुपर्ने माग कार्यकर्ताले राखिरहेको बताए। कार्यकर्ताको दबाब दिनहुँ हुने गरेको भन्दै अघिल्लो चुनाव जितेर माओवादीले काम गर्न नसकेको र यस्तो बेला चुनावी नतिजा गलत आउने उनले चेतावनी दिए ।

    कार्यकर्ताको भावनाअनुसार प्रतिनिधिसभाको टिकट कांग्रेसले पाउनुपर्नेमा उनले जोड दिए ।

    पत्रकार सम्मेलन कांग्रेसको संस्थापन पक्षले राखेको हो । सम्मेलनमा उपस्थित भएका अधिकांश नेताहरूले कांग्रेसले टिकट पाउनुपर्ने त्यसमा दीपकुमार उपाध्याय हुनुपर्ने माग राखेका थिए ।

    तर केन्द्रले तय गरेको उम्मेदवारलाई आफूहरूले सहयोग गर्ने, कार्यकर्ता सम्हाल्न भने आफूहरूले नसक्ने उनीहरूले बताएका छन् ।

    दीपकुमार उपाध्याय पक्षीय नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको उक्त पत्रकार सम्मेलनमा कपिलवस्तु नगरपालिकाका पार्टी सभापति खुर्सेद अहमद खाँ, शुद्धोधन गाउँपालिकाका सभापति विश्वम्भर कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend