सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले गर्‍यो भावुक अपिल, चौतर्फी चर्चा   

कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले गर्‍यो भावुक अपिल, चौतर्फी चर्चा   

  • मिडिया डबली
  • मंगलवार, आश्विन १८ २०७९

  • 7.8K
    SHARES

  • कारवाहीमा परेका कार्यकर्तालाई कांग्रेसले गर्‍यो भावुक अपिल, चौतर्फी चर्चा   
    फाइल तस्वीर

    काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले यसअघि अनुशासन उलंघन गरेका र कारवाहीको प्रक्रियामा रहेका कार्यकर्तालाई मंसिर ४ मा हुने चुनावी अभियानमा होमिन अपिल गरेको छ। 

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले उक्त अपिल गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

    ‘स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय यो बैठक गर्दछ।’

    कांग्रेसले विगतमा गरेको गल्तीका आधारमा गरिएको कारवाहीलाई मंसिरमा हुने चुनावका खटिएको आधारमा फुकुवा गर्न सकिने पनि उल्लेख गरेको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend