काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र डा। चन्द्रमोहन यादवले समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका हुन्।
केन्द्रीय सदस्य भट्टराईको नाम कांग्रेसको समानुपातिक सुचीमा खस आर्य पुरुषतर्फ चौथो नम्बरमा थियो। पहिलो नम्बरमा प्रवक्ता डा. प्रकाशरण महत, दोश्रो नम्बरमा बसन्त भट्टराई, तेस्रो नम्बरमा केन्द्रीय सदस्य आनन्द ढुंगानाको नाम थियो। यादवको नाम पनि समानुपातिको पछिल्लो सूचीमा रहेका कारण फिर्ता लिएका हुन्।
समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो। उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम छ।
संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो। नेपाली कांग्रेसको समानुपातिक तर्फ खस आर्य पुरुष २ जना भन्दा बढि बन्ने संभावना छैन्। त्यही भएर भट्टराईले आफ्नो नाम फिर्ता लिएका हुन्। भट्टराई २०७४ सालमा प्रदेशसभा तर्फ उमेदवार बनेका थिए। तर उनी यतिबेलासम्म ससदमा प्रवेश भने पाएका छैनन्। यादव भने एक पटक प्रतिनिधिसभा सदस्य भइसकेका हुन्। उनी पनि २०७४ सालमा प्रदेशसभा तर्फ उमेदवार बनेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।