काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै पहिलो पटक मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरुलाई नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश र प्रदेश सभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा राम्रो प्रभाव रहेका उनीहरुलाई प्रत्यक्षमा निर्वाचन लड्ने अवसरबाट रोकिने छैन । तर, समानुपातिक सूचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ ।
कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए । किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्या मनोनित गरिएको थियो ।
त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र र नेपाल राष्ट्रीय मगर संघको अध्यक्षमा ओमबहादुर थापा मगर नियुक्त भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।