सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा फेरी जिल्लियो शेखर समूह, देउवाले देखाए कमाल 

कांग्रेसमा फेरी जिल्लियो शेखर समूह, देउवाले देखाए कमाल 

  • मिडिया डबली
  • आइतवार, आश्विन १६ २०७९

  • 9.3K
    SHARES

  • कांग्रेसमा फेरी जिल्लियो शेखर समूह, देउवाले देखाए कमाल 


    काठमाडौं–सिट बाँडफाँटको किचलोमा परेको सत्तारुढ नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ।  

    कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको बताएका हुन्।

    समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर कोइराला समूहलाई दिइएपछि पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।

    निर्वाचन आयोगले २–३ असोजमा बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आइतबारसम्मको समय दिएको छ। सोही समयमा कांग्रेसले ३ असोजमा पेस गरेको बन्दसूची संशोधन गरेको हो।

    कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो। कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासमेत गरेका थिए ।

    सभापति देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न ३ दिन पदाधिकारी बैठक राखेर सहमतिको प्रयास गरेका थिए। शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो।

    कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर ३ असोजमा बुझाएको नाममा हेरफेर गरिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend