सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

चुनावको मुखमा कांग्रेस सारमा एक, गतिविधि भने दुईतिर

चुनावको मुखमा कांग्रेस सारमा एक, गतिविधि भने दुईतिर

  • मिडिया डबली
  • बिहिवार, आश्विन १३ २०७९

  • 4.7K
    SHARES

  • चुनावको मुखमा कांग्रेस सारमा एक, गतिविधि भने दुईतिर

    काठमाडौं - आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण देशभर चुनावी माहोल तातेको छ । सबै दलहरू अहिले उम्मेदवार छनोटमा लागेका छन् ।

    दलबदलको प्रक्रिया पनि चलिरहेको छ । तर देशकै ठूलो दल नेपाली कांग्रेसमा भने गाईजात्रा देखिएको छ । आफूले भनेको जति सिट नपाए संस्थापन इतर समूह अलग ढंगले चल्ने र पार्टी नै आफ्नो मात्र विरासत भएको भन्दै संस्थापन चल्ने गरेकाले चुनावको मुखमा कांग्रेस विग्रहको दिशामा अघि बढेको छ ।

    डा.शेखर कोइराला समूह यसपटक सभापति शेरबहादुर देउवालाई सजिलै छाड्ने पक्षमा देखिएको छैन । सो पक्षले बुधबार पार्टी कार्यालयमा धर्ना दिएको थियो ।

    त्यसैगरी बिहीबार बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत सहभागी छन् ।

    चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ । आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो ।

    पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएको छ । उसले समानुपातिक बन्दसूची नसच्याए जे पनि हुन सक्ने चेतावनी दिएको छ ।

    कांग्रेसमा देखिएको यस्तो विग्रहको फाइदा भने एमालेले उठाउने निश्चित देखिएको छ । उसले अन्य दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएको मात्र छैन, टिकट दिने गरी अघि बढेको छ ।

    कतिसम्म भने कांग्रेसको असन्तुष्ट समूहसँग केपी ओली निरन्तर संवादमा छन् । यदि आफूले भने जति टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने मनस्थितिमा कोइराला समूह रहेको छ । यसले अन्ततः कांग्रेसलाई ब्रह्मनालमा पुर्याउने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend