आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

प्रचण्डले देउवालाई फकाउँदै सिटमा धेरै भाग खोजेपछि शेखर समूहले आज ‘गम्भीर’ निर्णय गर्दै

प्रचण्डले देउवालाई फकाउँदै सिटमा धेरै भाग खोजेपछि शेखर समूहले आज ‘गम्भीर’ निर्णय गर्दै

  • मिडिया डबली
  • सोमवार, आश्विन १० २०७९

  • 4.9K
    SHARES

  • प्रचण्डले देउवालाई फकाउँदै सिटमा धेरै भाग खोजेपछि शेखर समूहले आज ‘गम्भीर’ निर्णय गर्दै

    काठमाडौं - नेपाली कांग्रेसमा प्रतिनिधिसभाको समानुपातिक सूचीले बबन्डर उत्पन्न भएको छ । संस्थापन पक्षले एकलौटी ९० प्रतिशत भाग आफूलाई राखेर १० प्रतिशत इतर समूहलाई दिएपछि बबन्डर भएको हो ।

    यदि संस्थापन पक्षले समानुपातिक बन्दसूची नसच्याए, ४० प्रतिहत आफूलाई नदिए तथा प्रत्यक्षतर्फ सम्मानजक सिट नदिए डा.शेखर कोइराला समूहले निर्वाचन नै बहिष्कार गर्ने भएको छ ।

    कोइराला समूहले संस्थापन पक्षलाई वाकओभर दिएर चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने, रुखलाई मात्र हाल्ने र एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाई फुल्याई गरी धेरै सिटमा दाबी गरेपछि कांग्रेसको इतर समूहले बोल्ड डिसिजन गर्न लागेको हो ।

    कोइराला पक्षका युवा नेताहरू नेतृत्वलाई दबाब दिन दोस्रो चरणको कार्यक्रम कसरी अघि बढाउने भनेर रणनीति बनाउँदै छन् । उनीहरूको बैठक ठमेलको होटल यात्रीमा सुरु हुँदैछ ।

    शनिबार खबरदारी सभामा कांग्रेस युवा नेता गुरु घिमिरेले आन्दोलन विनम्रताको चरण, आक्रोशको चरण र विद्रोहको चरण गरि तीन चरणमा बाँडिएको जानकारी दिएका थिए ।

    आक्रोशको चरणको लागि उनीहरूको रणनीति बैठकले तय गर्नेछ । पार्टीको संसदीय बोर्डको बैठक भएको ठाउँमा शीर्ष नेतालाई घेर्ने, पार्टी कार्यालयमा रिले अनशन वा आमरण अनशन बस्नेलगायतका कार्यक्रमहरूबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

    उनीहरूले समानुपातिक सूची सच्याउनुपर्ने, न्यायोचित रूपमा टिकट वितरण हुनुपर्ने र ४० प्रतिशत हिस्सा दिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

    कोइराला समूहको यो चेतावनीसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आफू प्रधानमन्त्रीको रेसमा नरहेका घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend