आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापाले आयोजना गरे फिटनेस क्याम्प

गगन थापाले आयोजना गरे फिटनेस क्याम्प

  • sobiztrend
  • शनिवार, आश्विन ८ २०७९

  • 2.6K
    SHARES

  • गगन थापाले आयोजना गरे फिटनेस क्याम्प

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ। थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सम्पन्न भएको हो। 

    बिहान ८ बजेदेखि मैतीदेवी मन्दिर परिसरमा उक्त फिटनेस क्याम्प सम्पन्न भएको हो। उक्त क्याम्पमा चार वटा स्टेशन राखिएको थियो। पहिलो स्टेशनमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले रक्तचाप, मुटुको धड्कन र चिनीको मात्रा परीक्षण गरेको थियो। अर्को स्टेशनमा एनवाईएफसीले शारीरिक मूल्यांकन गरेको थियो। जसमा बडी मास इन्डेक्स ९बीएमआई०, वेष्ट हिप रेसियो ९डब्लुएचआर०, स्कीनफोल्डको परीक्षण गरिएको थियो।

    अर्को स्टेशनमा नाडाले शरीरको फ्लेक्जीविलिटी परीक्षण गरेको थियो। क्याम्पमा फिटनेश सम्बन्धी खेलहरु पनि खेलाइएको थियो। शारीरिक अवस्था थाहा पाउन समय समयमा परीक्षण गर्नुपर्ने जनचेतना जगाउनका लागि उक्त क्याम्पसको आयोजना गरिएको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४ ले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend