सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा आपत, भयो यस्तो तयारी  

कांग्रेसमा आपत, भयो यस्तो तयारी  

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 2.7K
    SHARES

  • कांग्रेसमा आपत, भयो यस्तो तयारी  
    फाइल तस्वीर

    काठमाडौं । समानुपातिक उम्मेदवारको बन्द सूचीमा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ। देउवा समूहले एकलौटी ढंगबाट समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको भन्दै इतर समूहले प्रतिकारमा उत्रिने निर्णय गरेको छ। 

    १४ औं महाधिवेशनका सभापतिका प्रत्यासी डा। शेखर कोइराला समूहले सभापति देउवाले एकलौटी गरेको विरोधमा शनिबार  खबरदारी सभाको आयोजना गर्ने भएको छ। शेखर समूहले शनिबार बानेश्वर ब्यांक्वेटमा दिउँसो १ बजेलाई खबरदारी भेला बोलाएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। उनले भने, ‘समानुपातिक सूचीमा सभापतिज्यूले एकलौटी गर्नुभयो। हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो। पार्टीभित्र मनपरित्रतन्त्र हावी भयो। सभापतिले एकलौटी गरेपछि शनिबार खबरदारी भेला बोलाएका छौं।’ 

    देउवा समूहले समानुपातिकमा एकलौटी गरेजस्तै प्रत्यक्षतर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने भय शेखर समूहमा देखिएको छ। प्रत्यक्षतर्फको टिकट वितरणका लागि देउवालाई दबाब दिनका लागि शेखर समूहले खबरदारी भेला बोलाएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend