काठमाडौं– नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।
बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
‘सञ्चार माध्यमका साथीहरूले आवश्यक सूचना एवं विविध बिषयमा क्रमशः तय हुने अवधारणाका लागि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ । समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्नुहुने जानकारी पनि गराइन्छ ।’ समितिका सदस्य सचिव डा.प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा छ ।
बुधबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।