काठमाडौं– नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् ।
बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णय गरेको छ। उक्त उपसमितिले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।
यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली कांग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ ।
साथै बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा. प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।