काठमाडौं– नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो।
कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो। सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ। घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने काम मात्रै राखेर घोषणापत्र तयार गरिने जानकारी दिए।
‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के गर्यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाँड्नु भन्दापनि नेपाली काँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्नसकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं,' पोखरेलले भने, 'त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ। जुन नेपाली काँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिवद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी शुरु भएको छ।’
नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि उनले स्पष्ट पारे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।