काठमाडौं - नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अर्जुन शेरचन बागलुङ–२ (ख) बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
कांग्रेस बागलुङ कार्यसमिति सदस्य तथा गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य रहेका शेरचन इमान्दार र लोकप्रिय नेतालाई टिकट दिनुपर्ने बताउँछन् ।
उनी बुर्तिबाङ नगर विकास समितिका पूर्वअध्यक्ष पनि हुन् । नगर विकास समितिमा रहेर उनले गरेका विकासका कामले जिल्लामै नयाँ मोडेल स्थापना भएको थियो ।
शालिन र बौद्धिक युवा नेताको पहिचान बनाएका शेरचन एमालेको ज्यादती र संविधानविपरीत चलेकाले वर्तमान अवस्थामा गठबन्धन गर्नुपरेको बताउँछन्।
उनले गठबन्धनलाई जोगाउँदै इमान्दार व्यक्तिलाई टिकट दिए चुनाव सजिलै जित्ने बताए । उनले आफू त्यसका लागि सक्षम रहेको पनि बताए ।
हालसम्मको छलफलअनुसार प्रतिनिधिसभातर्फ बागलुङ १ र २ जनमोर्चा र माओवादीको भागमा परेको छ । तर, जिल्लाका चारवटा प्रदेश सभा सदस्यतर्फ प्रत्यक्षमा सबैभन्दा धेरै कांग्रेसकै भागमा पर्नुपर्ने नेता कार्यकर्ताको माग छ ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँडको अझै टुंगिएको छैन । समानुपातिक बन्दसूची बुझाएसँगै गठबन्धनबीच सिट बाँडफाँडको छलफल सुरु भएको छ । सम्भवतः आगामी एक साताभित्र धेरै जिल्लामा सिट भागबन्डाको टुंगो लाग्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।