सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसका यी बरिष्ठ नेताले रोजे समानुपातिक, नयाँले अवसर पाउँछन् कि गठबन्धनले? 

कांग्रेसका यी बरिष्ठ नेताले रोजे समानुपातिक, नयाँले अवसर पाउँछन् कि गठबन्धनले? 

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९

  • 6.9K
    SHARES

  • कांग्रेसका यी बरिष्ठ नेताले रोजे समानुपातिक, नयाँले अवसर पाउँछन् कि गठबन्धनले? 
    फाइल तस्वीर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बन्ने भएकी छन्। कैलाली–५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन सिफारिस भएपनि उनी समानुपातिकमा बस्न राजी भएको कांग्रेसले जानकारी दिएको छ। 

    २०७४ मा आरजु कैलाली–५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी उनी एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। 

    राणासहित दुई सहमहामन्त्री पनि समानुपातिकमा राख्ने तयारी गरिएको छ। फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिक सूचीमा राखिने कांग्रेस स्रोतले जानकारी दिएको छ। यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि समानुपातिकमा बस्ने भएका छन्। यस्तै रामशरण महत, ईश्वरी न्योपाने, सरिता प्रसाईं, प्रतिमा गौतम र अम्बिका बस्नेतलाई पनि समानुपातिक सूचीमा राखिएको छ। 

    मंसिर ४ गते हुने चुनावका लागि सोमबार समानुपातिक सूची पेस गर्ने अन्तिम दिन हो। आइतबार पनि सूची बुझाउन आयोगले आग्रह गरेको थियो। 

    प्रतिनिधि सभामा २७५ जना सदस्य निर्वाचित हुने व्यवस्था छ भने ७ प्रदेशसभामा ५५० जना सांसद निर्वाचित हुनेछन्। प्रतिनिधिसभा र प्रदेश सभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend