सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसमा समानुपातिकमतर्फ पाँच हजार आकांक्षी, सिफारिस हुन आर्थिक चलखेलको आशंका

कांग्रेसमा समानुपातिकमतर्फ पाँच हजार आकांक्षी, सिफारिस हुन आर्थिक चलखेलको आशंका

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९

  • 6.3K
    SHARES

  • कांग्रेसमा समानुपातिकमतर्फ पाँच हजार आकांक्षी, सिफारिस हुन आर्थिक चलखेलको आशंका
    फाइल तस्बिर

    काठमाडौं - प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची पेस गर्न पाउनेछन्। प्रदेशसभाका लागि बढीमा २२० जना उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयन असोज २३ गतेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

    कांग्रेसले पाँच दलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निर्णय गरेको छ। तर, अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुंगो लाग्न सकेको छैन।

    समानुपातिकतर्फ उम्मेदवार छनौटका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिको पदाधिकारीसँग पनि छलफल गरिसकेको छ। प्रदेशहरूबाट प्रदेशतर्फ समानुपातिक सूची तयार पार्ने र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गरेर केन्द्रीय संसदीय बोर्डको बैठकले सोमबार बिहानसम्ममा सूची बनाउने तयारी गरेको छ।

    नेपाली कांग्रेसभित्र समानुपातिकमा आकांक्षीहरू अत्यधिक भएपछि पार्टी नेतृत्वलाई बन्दसूची तयार गर्न सकस भएको छ। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार कांग्रेसमा देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा करिब पाँच हजारको सिफारिस आएको छ। चार दिनदेखि कांग्रेसको लगातार बैठक बस्दै आए पनि बन्दसूची तयार पार्न सकस पर्दा ढिलाइ भएको छ।

    आइतबार कांग्रेस संसदीय समितिको बैठकमार्फत समानुपातिक सूचीमा राख्ने नामबारे छलफल भए पनि टुंगोमा पुग्न सकेन। सहमहामन्त्रीहरूले क्लस्टरअनुसार समानुपातिकमा सिफारिस भएकाहरूको सूची पेस गरेका छन्।

    कांग्रेसले समानुपातिक उम्मेदवारमा सिफारिस भएर आएका नामलाई सूचीकृत गर्ने जिम्मा आठ जना सहमहामन्त्रीहरूलाई दिएको थियो।

    क्लस्टरअन्तर्गत सहमहामन्त्री भीष्मराज आङदाम्बेलाई आदिवासी जनजाति फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी डीना उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस–आर्य, उमाकान्त चौधरीले थारू, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गरेका थिए।

    समानुपातिक सिटका लागि जिल्लाबाट जसोतसो नाम सिफारिस भए पनि केन्द्रमा आइपुग्दा भने आर्थिक दबाब दिएर शीर्ष नेतृत्वबाट टिकट हात पार्न खोज्नेहरूका कारण नेताहरूलाई नै सकस भएको छ। कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई यसपालि नदोहोर्‍याउने भनेको छ। कांग्रेस विधानअनुसार पनि समानुपातिक सांसद फेरि लगत्तै हुने अर्को चुनावमा समानुपातिकतर्फ सांसद बन्न पाउँदैन।

    नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले संघीय संसद् अर्थात प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन्.।

    निर्वाचन आयोगमा आइतबार र सोमबारभित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने भनिएको छ। आदिवासी जनजाति ३२, खस–आर्य ३४, थारू ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend