काठमाडौं- नेपाली कांग्रेसले मधेस प्रदेशका तीन शिर्ष नेतालाई प्रतिनिधिसभा तर्फ समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । विमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना र सह महामन्त्री फरमुल्लाह मन्सुरलाई मधेस प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
निधि मधेसी क्लस्टरबाट, ढुंगाना खसआर्य कोटाबाट र मन्सुर मुस्लिम क्लस्टरबाट सिफारिस भएका छन् । गत निर्वाचनमा तीन जानै नेता पराजित भएका थिए । निधि धनुषा ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए भने ढुंगाना धनुषा २ मा उमाशंकर अरगरियासँग पराजित भएका थिए । मन्सुर भने बारा २ बाट पराजित भएका थिए ।
मधेस प्रदेशको टोलीले समानुपातिकका लागि सिफारिस भएका १ सय बढीको नामलाई ४० जनामा झारेर सर्टलिस्ट गरिएको नाम पार्टी सभापतिलाई बुझाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।