काठमाडौं– समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बसेको कांग्रेस संसदीय समितिको बैठक निष्कर्षविहीन बनेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाममा सहमति जुटाउन सकेन ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले सिलिङको काम गरिरहेको छ । भोलि बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनको भनाइ छ ।
अन्तिम सूचीलाई भोलि नै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।