आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिरामी

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिरामी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 3.3K
    SHARES

  • कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बिरामी

    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउन २ र ३ असोजको मिति तोकेको छ । जसकारण अहिले प्रमुख दलहरू समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल र बैठकमा केन्द्रित भएका छन् ।

    सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दिन नजिकिँदै जाँदा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विरामी परेका छन् । 

    शर्माको केही दिनअघि अप्रेसन भएको थियो । अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् । महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने जानकारी दिए ।

    अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन् । डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन् । बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु पजिटिभ पुष्टि भएको थियो । पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सहमहामन्त्रीलाई समानुपातिकतर्फको बन्दसूची तयार पार्न जिम्मेवारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०७:१४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend