काठमाडौं–मन्त्रीहरूलाई चुनावी प्रचारप्रसारमा आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रमा जान दिन आयोग लचक भएको छ। निर्वाचन आयोगले आचारसंहितामार्फत आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएपछि दलहरूले प्रावधान सच्याउन आयोगको निरन्तर ध्यानाकर्षण गराउँदै आएका थिए। राजनीतिक दलहरूको निरन्तरको आग्रहपछि आयोग लचक भएको कांग्रेसका सह-महामन्त्री जीवन परियारले बताए।
‘आयोगको आचारसंहिताको प्रावधान बहुदलीय व्यवस्था विपरीत रहेको भन्दै हामीले निरन्तर ध्यानाकर्षण गराउँदै आएको थियो। त्यस प्रावधान सच्याउन आयोग तयार भएको छ,’ परियारले भने।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले पनि दलहरूको आग्रहपछि सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गरेर चुनावी प्रचारमा जान दिन आयोग तयार रहेको बताए।
‘सरकारी स्रोत साधनको प्रयोग निरूत्साहित गर्ने ढंगले हामी आचारसंहिता कडाइकासाथ लागु गर्छौं,’ उनले भने।
चुनावी प्रचारका विषयमा आयोगले उपयुक्त निकास दिन्छ,’ थपलियाले भने। आयोगले अबको दुई दिनभित्र समानुपातिकतर्फको पुरानो बन्दसूची निष्क्रिय हुने मिति तोक्ने भएको छ। राजनीतिक दलहरूले पुरानो बन्द सूची खारेजीको अधिकार आयोगलाई दिएकाले आयोगले दुई गतेअगावै पुरानो बन्दसूची निष्क्रिय हुने निर्णय गर्ने प्रमुख आयुक्त थपलियाले बताए ।
निर्वाचन कानुन २०७३ को दफा ४९अनुसार आयोगले निर्णय गर्छ। दुई दिनभित्रै निष्क्रिय हुने मिति आयोगले तोक्छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।