आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा गगन र विश्वको जोडी जम्दै, सुरुवात भयो समानुपातिक उम्मेदवार मापदण्डबाट

कांग्रेसमा गगन र विश्वको जोडी जम्दै, सुरुवात भयो समानुपातिक उम्मेदवार मापदण्डबाट

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 25.0K
    SHARES

  • कांग्रेसमा गगन र विश्वको जोडी जम्दै, सुरुवात भयो समानुपातिक उम्मेदवार मापदण्डबाट

    काठमाडौं - आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले एकपटक, एमाले दुईपटक र माओवादीदीले एकपटक यसअघि समानुपातिकमा परिसकेकाहरूलाई अब समानुपातिकमा मनोनयन नगर्ने भएका छन्।

    संविधानमै दुई÷दुईपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद भइसकेकालाई तेस्रोपटक हुन बन्देज लगाइएको छ । त्यसैले अब समानुपातिकबाट सांसद बन्ने फ्रेस अनुहारका हुनेछन् । नेपाली कांग्रेसले त समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ ।

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।

    गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए ।

    प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो ।

    त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ । त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ । संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ ।

    तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन् । कांग्रेसको चारवटा मापदण्ड बनाउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको जोडीले ठूलो मिहिनेत गर्नुपरेको थियो ।

    कांग्रेसले मापदण्ड सार्वजनिक भएलगत्तै देशभरबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । अब चाहिँ कांग्रेसमा केही सुधार देखिन्छ कि भन्ने धेरै नेता कार्यकर्ताले अपेक्षा गरेका छन् ।

    विगतमा एउटै व्यक्ति पटकपटक सांसद बन्दै आएका थिए । तर अब भने युवा त्यसमा पनि आमजनतामा लोकप्रिय भएकालाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाउने भएको छ । जसले गर्दा आगामी निर्वाचनमा कांग्रेसको पक्षमा माहोल सिर्जना हुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०७:१४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend