सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी निलम्बित, के हो कारण?

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी निलम्बित, के हो कारण?

  • मिडिया डबली
  • मंगलवार, भाद्र २८ २०७९

  • 18.6K
    SHARES

  • कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी निलम्बित, के हो कारण?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् ।

    नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताए ।

    नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए ।

    संयोजक यादवकाअनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्न लोसपाबाट मेयर पदमा उम्मेदवार बनेका किशोरीप्रसाद कलवारलाई विजयी गराउन सहयोग गरेको आरोप छ भने पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरुद्धमा सोही नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको अनुशासन समितिका संयोजक यादवले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend