सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चिनियाँ नेताको टोली आउँदा यादव पक्राउ, राष्ट्रिय एकता अभियानको आपत्ति 

चिनियाँ नेताको टोली आउँदा यादव पक्राउ, राष्ट्रिय एकता अभियानको आपत्ति 

  • मिडिया डबली
  • सोमवार, भाद्र २७ २०७९

  • 4.6K
    SHARES

  • चिनियाँ नेताको टोली आउँदा यादव पक्राउ, राष्ट्रिय एकता अभियानको आपत्ति 

    काठमाडौं– चिनियाँ नेताहरुको टोली नेपाल भ्रमणमा आउँदा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन्। उनी सोमबार पक्राउ गरेका हुन्। यादव पक्राउ परेपछि अभियानले विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ।

    ‘देश र जनताको हितमा आवाज उठाउँदा यस अभियानका अध्यक्ष विनय यादवलाई सरकारले पक्राउ गरेकोमा हामी सम्पुर्ण अभियानकर्मी घोर भत्सर्ना गर्दछौ। नेपाल भ्रमणमा रहेका चिनीयाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गर्नु निन्दनीय छ,’ अभियानकी उपाध्यक्ष सुनिता साहले विज्ञप्ती जारी गरेर भनेकी छन्, ‘विना सकुर अध्यक्ष यादवको शरीर बन्धक गरेर सरकारले संविधान प्रदत्त स्वतन्त्रताको अधिकार हनन् गरेको हाम्रो ठहर छ। यो कदमले सरकारको अलोकतान्त्रिक कदमको पर्दाफास त भएको छ नै जन चासोका सवालमा आवाज उठाउनै ब्यक्तिको शरीर बन्धक गर्नुले सरकार नै चिन परस्त भएको प्रष्ट भएको छ।’

    अभियानले २०७४ सालको आम निर्वाचन अघि बाम गठबन्धन निर्माणमा दबाब मुलक भूमिका खेलेको आरोप लागेको चीनका नेताको टोली आसन्न निर्वाचनको मुखमा नेपाल भ्रमणमा आउनु पनि शंशयपूर्ण रहेको जनाएको छ।

    ‘०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेको भन्दै उनले चीनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने हाम्रो माग हो,’ विज्ञप्तीमा भनिएको छ, ‘देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न हामी जोडदार माग गर्दछौं। अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने जानकारी समेत गराउँछौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २७ २०७९०८:३०:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend