चापागाउ - ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित बज्रबाराही मन्दिरमा आइतबार श्री बज्रबाराही रामायण भजन मण्डल समितिको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राणाले कला र संस्कृतिको संरक्षण गर्दा मुलुकको विकास हुने बताए ।
‘हाम्रो कला र संस्कृतिलाई भुल्न सक्दैनौँ’, उनले भने, ‘हाम्रा युवा साथीहरू विदेशी गीत टेलिभिजनमा हेरेर मस्त हुन्छन् ।’ उनले भने, ‘गोदावरीको मेयर गजेन्द्र महर्जन र उप–मेयर मुना अधिकारीले संस्कृति बचाउने काम गर्नुभएको छ ।’
‘अहिले तुरुन्तै धर्म र संस्कृतिको महत्व तत्काल बुझ्न नसकौंला’, उनले भने, ‘१५÷२० वर्षपछि युवाहरूले हाम्रो कला र संस्कृतिको बारेमा बुझ्नेछन् । यो कुरा ईतिहाँसमा लेखिनेछ ।’
‘विकास भनेको बाटो पनि हो । पानी पनि हो । विकास भनेको घर बनाउने पनि हो’, उनले भने, ‘विकास भनेको आर्थिक वृद्धि पनि हो । तर, यी सबै भएर आफ्नो संस्कृति, कला, धर्म नभएमा मनुष्य, मनुष्य हुँदैन ।’
कांग्रेस केन्द्रीय सदस्य राणाले गोदावरी नगरपालिकाले कला र संस्कृति बचाउन गरेको कार्यको प्रशंसा गरेका छन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कला र संस्कृति बचाउन आफूले सक्दो प्रयास गर्ने बताए ।
उनले बज्रबाराही मन्दिरको संरक्षणका लागि गोदावरी नगरपालिकाले यस पटक १५ लाख बजेट छुट्टएको बताए । कार्यक्रममा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, उप–मेयर मुना अधिकारी, श्री बज्रबाराही रामायण भजन मण्डल समितिका अध्यक्ष सन्जयदिगम महर्जन, गोदावरी नगरपालिकाको वडा नं. १०का वडाध्यक्ष शेखर न्यौपाने, नेविसंघका क्षेत्रीय अध्यक्ष विवेक आचार्य, कांग्रेसका युवा नेता समिर घिमिरे, नेतृ उमा विशुंखे, राममाया नेपाली, विना मगर, नेता पुरुषोत्तम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।