सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

चुनावको मुखैमा चीनको चलखेल, तेस्रो वरीयताका नेता चार दिनसम्म किन बस्दैछन् नेपालमा ?

चुनावको मुखैमा चीनको चलखेल, तेस्रो वरीयताका नेता चार दिनसम्म किन बस्दैछन् नेपालमा ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २७ २०७९

  • 6.7K
    SHARES

  • चुनावको मुखैमा चीनको चलखेल, तेस्रो वरीयताका नेता चार दिनसम्म किन बस्दैछन् नेपालमा ?

    काठमाडौं - आमनिर्वाचनको मुखमै चीनले नेपालमा चलखेल गर्न सुरु गरेको छ ।

    अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि कम्युनिस्ट पार्टीलाई मिलाउन भन्दै चीनले पार्टीका शीर्ष नेतालाई चार चार दिनसम्म नेपालमा अड्डा जमाएर बस्न पठाएको छ ।

    चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चाङ्सु सोमबार नेपाल भ्रमणमा आउँदै छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी तीनदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी दिउँसो सवा ३ बजे नेपाल आइपुग्नेछन्।

    सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लीको नेपाल भ्रमण तय भएको बताइए पनि भित्री कुरा खुल्न सकेको छैन । करिब एक सयजनाको टोलीसहित नेपाल आउन लागेका उनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

    सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुनेछ। उनको बसाइ पाँचतारे होटल सोल्टीमा हुनेछ । राजनीतिक भेटवार्ता भने सबै संसद् भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।

    उनी चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीपछि तेस्रो वरीयताका नेता हुन् । पार्टीमा उनको पकड रहेको बताइन्छ । परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ।

    त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनेछन्। परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नेछन्।

    मंगलबार उनले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन्। सोही दिन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको छ।

    लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्। चिनियाँ नेता रुस, मंगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछन्।

    नेपालमा अमेरिका र पश्चिम देशको प्रभाव बढेको निष्कर्षसहित चार चार दिनसम्म पार्टीका प्रभावशाली नेतालाई चीनले नेपालमा पठाएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २७ २०७९१०:४५:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend