सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

आज बिपी जयन्ती, कांग्रेसले यसरी सम्झँदैछ उनलाई

आज बिपी जयन्ती, कांग्रेसले यसरी सम्झँदैछ उनलाई

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २४ २०७९

  • 4.0K
    SHARES

  • आज बिपी जयन्ती, कांग्रेसले यसरी सम्झँदैछ उनलाई

    काठमाडौं - नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइरालाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

    बीपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बीपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित कार्यक्रम बीपी जयन्ती मनाउन लागेको जनाइएको छ ।

    १९७१ भदौ २४ गते जन्मेका बीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

    आफ्नो प्रधानमन्त्रीकालमा उनले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम सुरू गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बीपीको योगदान अनुलनीय रहेको छ ।

    २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि बीपीलगायत नेताहरुलाई तत्कालीन सरकारले बन्दी बनाएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका बीपीले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २४ २०७९१०:५०:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend