सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले सबै पदाधिकारीलाई प्रत्यक्षमा उठाउने, को कहाँबाट भए सिफारिस ?

कांग्रेसले सबै पदाधिकारीलाई प्रत्यक्षमा उठाउने, को कहाँबाट भए सिफारिस ?

  • मिडिया डबली
  • बुधवार, भाद्र २२ २०७९

  • 17.8K
    SHARES

  • कांग्रेसले सबै पदाधिकारीलाई प्रत्यक्षमा उठाउने, को कहाँबाट भए सिफारिस ?
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण पदाधिकारीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउने रणनीति लिएको छ ।

    पार्टी पदाधिकारीमा प्रायः सबै चुनाव जित्ने अनुहार भएको र पदाधिकारीकै निर्वाचन क्षेत्रमा गठबन्धनले पनि सिट छाड्नुपर्ने भएकाले कांग्रेसले यो रणनीति अख्तियार गरेको हो ।

    अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् ।

    प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

    महामन्त्रीहरू गगन थापा काठमाडौं– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट सिफारिस भएका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट।

    भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।

    नेता रामचन्द्र पौडेल तनहुँ १, बाट नेता डा. शेखर कोइराला मोरङ ६, पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३, पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३, सुजाता कोइराला मोरङ २, प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १, पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ उधोगपति बिनोद चौधरी पूर्वी नवलपरासी– १ र २ बाट सिफारिस भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend