रुपन्देही– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एक निर्वाचन क्षेत्रको व्यक्तिलाई अर्को निर्वाचन क्षेत्रमा नपठाउन आग्रह गरेका छन् ।
केन्द्रमा प्रभाव रहेका नेताहरु आफ्नो क्षेत्रभन्दा बाहिरबाट सिफारिस भइरहेको समयमा सभापति पुनले उम्मेदवारले जुन क्षेत्रमा मेहनेत, क्रियाशील र सक्रिय छ सोही क्षेत्रमा उम्मेदवार बनाउन प्रस्तावलाई ध्यान दिइने बताएका छन् ।
सोमबार पार्टी प्रदेश समिति बैठकमा उनले पार्टीको मत मात्र नभई अन्य पार्टीबाट पनि मत प्राप्त गर्न सक्ने लोकप्रिय व्यक्तिलाई प्रथामिकताका साथ उम्मेदवार सिफारिस गरिने र उम्मेदवार छनोटमा पद्धति र स्थानीय कार्यकर्ताको भावना र मागबमोजिम गरिने बताए ।
निर्वाचनपछि कांग्रेसले बहुमतसहित लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने र कांग्रेसकै नेतृत्वमा प्रदेशको विकास हुने बताउँदै उनले सक्षम, लोकप्रिय र सक्रिय युवालाई उम्मेदवार बनाइने धारणा राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।