सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

गगन, विश्व, बिनोद, जितजंग, रामहरिदेखि डम्बर खड्कासम्म युवा अनुहारलाई कांग्रेसले उम्मेदवार बनाउँदै, तातियो माहोल

गगन, विश्व, बिनोद, जितजंग, रामहरिदेखि डम्बर खड्कासम्म युवा अनुहारलाई कांग्रेसले उम्मेदवार बनाउँदै, तातियो माहोल

  • मिडिया डबली
  • सोमवार, भाद्र २० २०७९

  • 29.5K
    SHARES

  • गगन, विश्व, बिनोद, जितजंग, रामहरिदेखि डम्बर खड्कासम्म युवा अनुहारलाई कांग्रेसले उम्मेदवार बनाउँदै, तातियो माहोल

    काठमाडौं - सत्तारुढ पाँचदलीय गठबन्धन अहिले प्रदेश र प्रतिनिधिसभा सिट भागबन्डामा जुटेका छन् । सँगसँगै दलहरूले विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नो पार्टीका अनुहार पनि सिफारिस गरिरहेका छन् । प्रतिनिधिसभामा एक सय ६५ र प्रदेश सभामा तीन सय ३० निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् ।

    त्यसैले आफ्नो पार्टीमा भविष्य बोकेका युवाहरूलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने रणनीति नेपाली कांग्रेसले अख्तियार गरेको छ । विगतमा कांग्रेसलाई वृद्धको पार्टी भन्ने गरिन्थ्यो ।

    तर, नेपाली कांग्रेसले १४औं महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय कार्यसमितिमा मौका दियो । उनीहरू निर्वाचित पनि भएर आएका छन् ।

    अब प्रतिनिधिसभामा पनि कांग्रेसले धेरैभन्दा धेरै युवाहरूलाई मौका दिने रणनीति अख्तियार गरेको छ । पार्टीमा प्रभावशाली सिनियर नेतादेखि चर्चित युवा नेताले यसपटक कांग्रेसमा ठाउँ पाउँदैछन् ।

    कांग्रेसमा अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्न चाहनेको नाम धमाधम सिफारिस गरिरहेको छ । यसरी सिफारिस भएर आएका नाममा धेरै युवा अनुहार नै छन् ।

    कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, रामहरि खतिवडा, जितजंग बस्नेत, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, प्रदीप पौडेल, डम्बर खड्का, राजु थापा, दुर्लभ थापा, तीर्थ लामा, रामकृष्ण चित्रकार जस्ता युवा नेताहरू प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

    उनीहरू सबै कांग्रेसका आशालाग्दा र भर पर्दा नेताहरू हुन् । गगन थापा काठमाडौं ४, विश्वप्रकाश शर्मा झापा १, धनराज गुरुङ स्याङ्जा १, उद्योगपति बिनोद चौधरी पूर्वी नवलपरासी(नवलपुर) को निर्वाचन क्षेत्र नं. १ र २ बाट नै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएका छन् ।

    यसैगरी बद्री पाण्डे बाजुरा, जीवन परियार कास्की १, रामहरि खतिवडा ओखलढुंगा, जितजंग बस्नेत ललितपुर ३, उदयशमशेर राणा ललितपुर १, मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १, प्रदीप पौडेल तनहुँ १, डम्बर खड्का इलाम २, राजु थापा स्याङ्जा २, दुर्लभ थापा भक्तपुर २, तीर्थ लामा काभ्रे १, रामकृष्ण चित्रकार ललितपुर २ बाट सिफारिस भएका छन् ।

    कांग्रेसले टिकट दिएमा सबैले निर्वाचन सजिलै जित्न सक्ने क्षमता पनि राख्छन् । धमाधम युवा अनुहार उम्मेदवारमा सिफारिस हुन थालेपछि अहिले कांग्रेसको पक्षमा देशभर माहोल तातेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend