आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ललितपुर ३ मा कांग्रेसका जितजंग बस्नेतले नै टिकट पाउने

ललितपुर ३ मा कांग्रेसका जितजंग बस्नेतले नै टिकट पाउने

  • मिडिया डबली
  • आइतवार, भाद्र १९ २०७९

  • 6.3K
    SHARES

  • ललितपुर ३ मा कांग्रेसका जितजंग बस्नेतले नै टिकट पाउने

    काठमाडौं - नेपाली कांग्रेसको ललितपुर निर्वाचन क्षेत्र ३ को क्षेत्रीय समिति र जिल्ला समितिले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस गरिसकेको छ ।

    जसमा ललितपुर ३ बाट केन्द्रीय सदस्यद्वय मदन अमात्य र जितजंग बस्नेतको नाम सिफारिस भएको छ । अमात्य यसअघि दुई–दुईपटक टिकट पाइसकेका नेता हुन् ।

    उनी गत निर्वाचनमा साढे ६ सय मतान्तरले माओवादीकी पम्फा भुसालसँग पराजित भएका थिए । ०७० को निर्वाचनमा भने उनी विजयी भएका थिए ।

    कांग्रेस ललितपुरको दुई दुईपटक सभापतिसमेत भइसकेका अमात्य बुढ्यौलीका कारण यसपटक निर्वाचन लड्ने अवस्थामा नरहेको बताइन्छ । त्यसैले यसपटक ललितपुर ३ बाट तरुण दलका पूर्वअध्यक्षसमेत रहेका जितजंग बस्नेतले टिकट पाउने निश्चित भएको बताइन्छ ।

    माओवादीले यसअघि जिते पनि यसपटक भने कांग्रेसलाई छाड्नुपर्ने ललितपुरवासीको माग छ । नेता बस्नेतको ललितपुर ३ मा बलियो पकड छ । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

    ललितपुर ३ मा कम्युनिस्टहरूले सधैं टुरिस्ट नेतालाई टिकट दिइरहेका छन् । विगतमा जितेका रघुजी पन्त र अहिले माओवादीकी पम्फा भुसाल ललितपुर ३ का बासिन्दा होइनन् ।

    बरु कांग्रेसबाट विजयी भएका मदन अमात्य सोही निर्वाचन क्षेत्रका नेता हुन् । त्यसैले यसपटक बस्नेतलाई टिकट दिनुपर्ने माग कांग्रेसीहरूले गर्दै आएका छन् । त्यसका लागि केन्द्रमा पनि निकै ठूलो दबाब परेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र नभई कांग्रेसमा सबैसँग हार्दिक सम्बन्ध भएका नेतामा बस्नेत पर्छन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत भएकाले पनि उनको देशैभरि ठूलो प्रभाव छ ।

    त्यसैले अहिले जिल्ला जिल्लामा ‘जितजंग बस्नेत जिताऊ’ अभियान नै सुरु भएको छ । माओवादीले यसपटक भुसाललाई अन्यत्र व्यवस्थापन गरेर कांग्रेसलाई क्षेत्र छाडिदिनुपर्ने माग बढ्दै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend