आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पञ्चायतको गर्भबाट जन्मिएको कम्युनिस्टसँग सहकार्य र समझदारी हुँदैन : जितजंग बस्नेत

पञ्चायतको गर्भबाट जन्मिएको कम्युनिस्टसँग सहकार्य र समझदारी हुँदैन : जितजंग बस्नेत

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ४ २०७७

  • 6.1K
    SHARES

  • पञ्चायतको गर्भबाट जन्मिएको कम्युनिस्टसँग सहकार्य र समझदारी हुँदैन : जितजंग बस्नेत

    काठमाडौँ- नेपाल तरुण दलका अध्यक्ष एवम् कांग्रेसका युवा नेता जितजंग बस्नेतले सरकार, सदन र जंगलको कम्युनिस्टका लागि कांग्रेस सडकमा नजाने बताएका छन्।

    नेपाली कांग्रेस ललितपुरले सोमबार जावलाखेलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले राष्ट्र, लोकतन्त्र, संविधान र कानूनी शासनका लागि कांग्रेस एक्लै सडकमा जाने चेतावनी दिएका हुन् ।

    ‘प्रतिनिधि सभाको निर्वाचनमा हारेका नाराणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाँदा संविधान मिचियो कि मिचिएन ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘स्वार्थ मिल्दासम्म तीन वर्ष भागबण्डा गरेर बसे । सत्तास्वार्थमा कुरा नमिलेपछि संविधान मिचियो भन्दै सडकमा आएका छन् । कम्युनिस्टहरूको कुर्सी र स्वार्थ हामीले मिलाइदिनुपर्ने ?’ उनले भने, ‘कांग्रेस सडकमा थियो । सडकमा छ । आज पनि जनताकै बीचमा छ । सत्तामा पनि छ । आन्दोलन गर्न प्रचण्डले सिकाउनु पर्दैन ।’

    अध्यक्ष बस्नेतले भनेका छन्, ‘कम्युनिस्टले आजसम्म देशलाई के दिए ? केही पनि दिएको छैन ।’ संसद विघटनको कुरा असंवैधानिक भनेर कांग्रेसले विरोध गरिसकेको भन्दै सडकमा आन्दोलन गरिरहेको उनले बताएका छन् ।

    ‘संसद विघटन भएपछि कांग्रेसले असंवैधानिक भनेर आन्दोलन ल्याएको छ’, उनले भने, ‘प्रचण्डको लेनदेनमा कुरा मिल्दैन । त्यसपछि सडकमा जान्छन् । तीन वर्षसम्म मिल्ने । लेनदेनमा कुरा नमिलेपछि संवैधानिक घटनाहरू भन्ने ? अहिले कुरा नमिल्दा संविधान मिचियो भन्ने ?’ तरुण अध्यक्ष बस्नेतले दुई ठाउँबाट हारेका माधव नेपाल बालुवाटारको ललिता निवासको सरकारी जग्गा बेच्न प्रधानमन्त्री मन्त्री बनेको आरोप लगाएका छन् ।

    ‘माधव नेपालले बालुवाटार बेच्न हुने’, उनले भने, ‘जनतालाई कोभिडविरुद्धको भ्याक्सिनमा बोल्न नपर्ने ?’ उनले झलनाथ खनाललाई सर्प पाल्न लिएको ७० करोड फिर्ता गर्न सुझाव दिएका छन् । कोरोनाविरुद्धको भ्याक्सिन किन्न ७० करोड फिर्ता गरे खनाललाई कांग्रेसको सरकार आयो भने ९० करोड रुपियाँ दिलाइदिने अध्यक्ष बस्नेतले आश्वासन दिएका छन् । बाबुराम भट्टराईलाई सबैभन्दा ठूलो बुद्धिजीवी भनेर व्याङ्ग्य गरेका तरुण अध्यक्ष बस्नेतले भने, ‘बाबुरामजीले संविधान बनाउन पनि नसक्ने । सरकार छाड्नेवित्तिकै अर्को पार्टीमा जानुपर्ने । लेनदेन नमिले पार्टी फुटाउने । कांग्रेसले जिताउनुपर्ने । तिजेको दिनमै कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने । कम्युनिस्टलाई जिताउने ठेक्का कांग्रसको होइन ।’

    ‘कम्युनिस्टसँग सहकार्य हुँदैन । जंगल, सरकार या सदनको कम्युनिस्टसँग कसैसँग पनि सहकार्य हुँदैन’, उनले भनेका छन्, ‘सत्ताको लेनदेन नमिलेपछि संसद भङ्ग गर्ने । सडकमा जानेहरूको पक्षमा कांग्रेस छैन । आन्दोलन गर्नुपर्दा कांग्रेस एक्लै आफ्नै बलबुताले गर्छ ।’

    राजदरबारको अगाडि बसेर सर्वोच्चलाई औँला नठड्याउन प्रधानमन्त्री केपी ओलीलाई बस्नेतले चेतावनी दिएका छन् । उनले प्रचण्डलाई पनि रत्नपार्कबाट सर्वोच्च अदालततिर औँला नदेखाउन सचेत गराएका छन् ।

    ‘सर्वोच्च अदालतलाई धम्काउने काम नहोस् । धम्काउने कार्य भयो भने यो राष्ट्र नहुन सक्छ’, उनले भनेका छन् । ‘संविधानको ब्याख्या गर्ने जिम्मेवारी सर्वोच्चलाई दिइएको छ’, उनले भने, ‘संसद पुनःस्थाना भयो भने कांग्रेस तेस्रो पार्टी भएर सदनमा बस्छ । संसद विघटन सदर भयो भने पनि कांग्रेस चुनावमा जान तयार छ ।’

    ‘ब्याख्या सर्वोच्चले गर्छ’, अध्यक्ष बस्नेतले भने, ‘जनताबाट निर्वाचन गरेर जनतम ल्याएर पनि जान सकिन्छ ।’ देश बनाउने जिम्मेवारी कांगेसको काँधमा आएको भन्दै तयारी अवस्थामा बस्न उनले अनुरोध गरेका छन् ।

    ‘प्रचण्डले कुम हल्लाउँदा र सडकमा बस भन्दैमा कांग्रेसले सडकमा आएर प्रचण्डलाई सहयोग गर्दैन’, उनले भने, ‘प्रचण्डले कांग्रेसलाई पटक पटक धोका दिएका छन् । कांग्रेसले प्रचण्डलाई जंगलबाट ल्याएर ८७ सिट दिएको हो । प्रचण्डले चुनाव कसरी जित्नुभयो हामीलाई थाहा छैन र ? सबै कुरा जानकारी छ ।’ कांग्रेसको कुनै पनि कम्युनिस्टसँग सहकार्य नहुने उनले बताएका छन् ।

    ‘पञ्चायतको गर्भबाट जन्मिएको कम्युनिस्टसँग सहकार्य र समझदारी हुँदैन’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् । संविधान र कानूनको कुरा गर्ने रामकुमारी झाँक्री, प्रचण्ड र माधव नेपालले रामचन्द्र पौडेललाई तनहुँमा दुरव्यवहार गर्दा कुन दुलोभित्र थिए भनेर अध्यक्ष बस्नेतले प्रश्न गरेका छन् ।

    झाँक्रीलाई प्रहरीले पक्राउ गर्दा तरुण दल र नेपाली कांग्रेसले बोलेको उनले बताए । विरोध सभामा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १४ २०७८०२:५०:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend