सुनसरी । नेपाली कांग्रेसले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्नका लागि टिकट दिन ५ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार समानुपातिक सांसद मीन विश्वकर्मा र मीना सुब्बासहित ५ जनाको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्रीय समितिले जानकारी दिएको छ।
सिफारिस हुनेमा लक्ष्मी खतिवडा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ पनि छन्।
प्रदेशसभातर्फ सुनसरी–१ ‘क’का लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठ सिफारिस भएका छन्। यस्तै सुनसरी-२ (ख)का लागि माधव घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला)को नाम सिफारिस भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।