खोटाङ । नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति खोटाङले प्रदेससभा निर्वाचनका लागि १५ उम्मेदवारको नाम सिफारिस गरेको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ तीन सिटका लागि आठ जना, समानुपातिकतर्फ पुरुष एक सिटका लागि पाँच जना र महिला एक सिटका लागि दुई जनासहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसहमत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए ।
यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईलाईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
जिल्ला कार्य समितिले आफ्नो राय लेखेर आकांक्षीको नाम प्रदेश कार्य समितिलाई पठाउने छ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समितिले पनि शुक्रबारसम्ममा उम्मेदवारको नाम टुंग्याउने क्षेत्रीय समिति सचिव भट्टराईले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।