सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

नेता–कार्यकर्तालाई देउवाले दिए यस्तो निर्देशन, कम्युनिस्टहरुर्ला आपत 

नेता–कार्यकर्तालाई देउवाले दिए यस्तो निर्देशन, कम्युनिस्टहरुर्ला आपत 

  • मिडिया डबली
  • बुधवार, भाद्र १५ २०७९

  • 7.6K
    SHARES

  • नेता–कार्यकर्तालाई देउवाले दिए यस्तो निर्देशन, कम्युनिस्टहरुर्ला आपत 

    काठमाडौं । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा सय सिट नछोड्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सय सिटको अडान छोड्न नहुने निष्कर्ष निकालिएको हो। 

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन्। कांग्रेसले गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर चुनावमा जाने निर्णय गरे पनि कुन दलले कति सिट पाउने भन्ने टुंगो लागेको छैन। पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन। यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए।

    तर गठबन्धन गर्दा पार्टीले सय सिटको अडानबाट पछि हट्न नहुने बताएका थिए। बैठकमा नेता शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने बताएका थिए। कोइरालाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो। तर कांग्रेसले जित्ने सिट अर्को दललाई दियो भने कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै फाइदा हुँदैन।’ जति धेरै सिट कांग्रेसले लिन्छ, त्यति धेरै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने कोइरालाको भनाइ थियो। 

    सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए। उनले गठबन्धनका विरुद्ध एक शब्द पनि नबोल्न निर्देशन दिएको एक नेताले बताए। यस्तै, देउवाले आशन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदललाई गठबन्धन नटुट्ने गरी गृहकार्य गर्न कार्यदलमा रहेका नेताहरुलाई निर्देशन पनि दिएका थिए। देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धनको खिलाफमा कसैले नबोल्नू। गठबन्धन व्यक्तिगत निर्णय होइन। यो केन्द्रीय समिति बैठकको निर्णय हो। त्यसकारण सबैको एक स्वर हुुनुपर्छ। कार्यदलमा हुनेहरूले गठबन्धन नटुट्ने गरी वर्कआउट गर्नू। सबैलाई सम्मान हुने गरी सिट मिलाउनू।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend