सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चितवन–१ मा कांग्रेसका यी हाइप्रोफाइल चुनाव लड्ने, एमाले तनावमा 

चितवन–१ मा कांग्रेसका यी हाइप्रोफाइल चुनाव लड्ने, एमाले तनावमा 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १४ २०७९

  • 4.8K
    SHARES

  • चितवन–१ मा कांग्रेसका यी हाइप्रोफाइल चुनाव लड्ने, एमाले तनावमा 
    फाइल तस्वीर

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर १ मा चुनाव लड्का लागि आवेदन दिएका छन्। नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेकोमा यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार वाग्लेले पनि आवेदन दिएका हुन्। 

    यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्।

    उनीहरु सबैले आफैँ उपस्थित भएर निवेदन दर्ता गरेको क्षेत्र नम्बर १ का सचिव दीपक पौडेलले जानकारी दिए। समानुपातिकतर्फ नेता शुशीलादेवी उप्रेती, सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, वासुदेव चौधरी, सावित्रीदेवी चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले निवेदन दर्ता गरेका छन्।

    निवेदन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने जनाएको छ।

    छलफलबाट उपयुक्त उम्मेदवार छनोट गरी उपल्लो तहमा सिफारिस गरिने पौडेलले बताए। कांग्रेस चितवनको क्षेत्र नम्बर २ र ३ ले भने उम्मेदवार बन्न इच्छुकले निवेदन गर्दा गर्ने मिति बुधबारलाई तोकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend